दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते
चितवन | असार २९, २०८०
चितवन: चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको ट्राफिक प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

